मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

पाँचथरको तुम्बेवा गाउँपालिका वडा न. १ मा मन्त्री नेम्बाङ बाट बिद्दुत सव इस्टेशन सिलान्यास



बिहीबार २३ , पुष २०७७

५ , मंसिर - पाँचथरको तुम्बेवा गाउँपालिका वडा न. १ मा बिद्दुत सव इस्टेशन निर्माणका लागि सिलान्यास गरिएको छ ॥ प्रमुख अथिती नेपाल सरकार भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङको हस्तवाहुली बाट सिलान्यास गरिएको हो ॥ समृद्व नेपाल सुखी नेपाली बनाउने अभियान अन्तरगत सबै नेपालीको घरघरमा बत्ती ,पिउने पानी , जनता अावास कार्यक्रम अन्तरगत ३ बर्ष भित्रमा देशभरीका फुसको छाना भएका घरलाइ हटाएर जस्ता पाता बराबरको रकम बितरण गरी फुसको छाना मुक्त बनाउने मन्त्री नेम्बाङले बताउनु भयो ॥ वाइबा इन्फ्राटेक प्रा लि स्वयम्भू को कुल स्वीकृत ठेक्का रु १६ करोड १७ लाख ५७ हजार पाँच सय असी रुपयाँ पचहत्तर पैसा बराबरमा टेन्डर हात पारे पछि बिद्दुत सव स्टेसन निर्माण कार्य शुरु गर्न लागेको हो ॥ उक्त सव स्टेसन सम्पन्न लगत्तै तुम्बेवा गाउँ पालिका भित्रका २८ सय घरधुरीले प्रत्यक्ष लाभान्वित लिने छन् भने अन्य छिमेकी गाउँपालिका र जिल्लालाइ पनि बिद्दुत दिन सकिने नेपाल बिद्दुत प्राधिकरण ईन्जिनियर बिधान पोख्रेलले जानकारी दिए ॥ सिलान्यास कार्यक्रममा संविधान सभाका सदस्य नेकपा केन्द्रिय सदस्य अाइन्द्र सुन्दर नेम्बाङ ,१नं. प्रदेस सभा सदस्य तथा उद्योग ,बन, पर्यटन बातावरण समितिका सभापत्ती सिता थेवे , जिल्ला समन्वय समिति पाँचथरका प्रमुख बिष्णु प्रसाद सापकोटा, तुम्बेवा गाउँ पालिका अध्यक्ष होमनाथ थापा , तुम्बेवा गा.पा. उपाध्यक्ष धनप्रसाद साँवा , नेकपा प्रदेस कमिटी सदस्य तथा जिल्ला कमिटी अध्यक्ष राजकुमार भण्डारी ,नेकपा प्रदेस कमिटी सदस्य हर्क नेम्बाङ , नेपाल बिद्दुत प्राधिकरणका प्रतिनिधि, बिधान पोख्रेल ,वाइबा इन्फ्रटेव प्रालि का प्रतिनिधि सुन ब. तामाङ लगायत स्थानिय जनप्रतिनिधि ,राजनितिक दल, सरकारी तथा गैर सरकारी संघ सस्थाका प्रमुख तथा प्रतिनिधि नागरिक समाजका अगुवा, सञ्चार कर्मी गरी २ सय जना बढीको उपस्थिती रहेको सिलान्यास कार्यक्रमको अध्यक्षता जोरसल्ले ग्रामिण बिद्दुत सहकारी सस्था तुम्बेवा १ अाङ्नाका अध्यक्ष सोमप्रसाद भण्डारीले गर्नु भएको थियो ॥ 

Featured News

Advertisement