अफिमसहित एक पक्राउ
शनिबार
३० ,
श्रावण
२०७८
Tamor Khabar
252
सङ्खुवासभा सदरमुकाम खाँदबारीबाट लागुऔषध अफिमसहित प्रहरीले एकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका–७ का ६९ वर्षीय जय चापागार्इँ रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिनुभयो । शुक्रबार दिउँसो विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले चापागार्इँलाई उनकै घरबाट अफिमसहित पक्राउ गरेको सुवेदीले बताउनुभयो । प्रहरी टोलीले चापागार्इँको घरमा लुकाएर राखिएको २०४ ग्राम अफिम फेला पारेको छ ।








