बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

पूर्वपश्चिम राजमार्ग खुल्यो



शुक्रबार २९ , श्रावण २०७८

टिप्परको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएपछि ५ घण्टादेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग खुलेको छ । ना ७ ख ८२९३ नम्बरको टिप्परको ठक्करबाट लालबन्दी नगरपालिका–२ नवलपुर निवासी ४० वर्षीय रामनरेश महतोको घटनास्थलमै मृत्यु भएपछि आज शुक्रबार दिउँसो साढे २ बजेदेखि नै स्थानीयले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका थिए । स्थानीयले पीडितलाई क्षतिपूर्ति, राहतको व्यवस्था र दोषीलाई कारबाहीको माग गरेको थिए । त्यसबारे शनिबार पीडित पक्ष र र गाडी धनीबीच छलफल हुने भएपछि पुनःराजमार्ग सञ्चालन भएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख प्रहरी निरीक्षक निर्मल थापाले जानकारी दिनुभयो । सो टिप्पर चालकलाई नियन्त्रणमा लिई आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइ सकिएको उहाँले जानकारी दिनुभयो । राजमार्ग खुलेपछि लामो समयदेखि अलपत्र परेका सवारी साधन तथा यात्रुलाई गन्तव्यतर्फ पठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

Featured News

Advertisement