बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

जीप दुर्घटना दुई जनाको मृत्यु



बुधबार २७ , श्रावण २०७८

 

धनगढी–डडेलधुरा (भीमदत्त)राजमार्गअन्तर्गत कैलालीको भासुभीर सडक खण्डमा आज साँझ प्रदेश ३÷०१÷००२३ च ९०५९ नम्बरको जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । धनगढीबाट डोटीको गैरा जाँदै गरेको उक्त जीप सडकबाट झण्डै ३०० मिटर तल खसेर दुर्घटना भएको जनाइएको छ । मृत्यु हुनेमा कैलालीको चुरे गाउँपालिकाकी ३६ वर्षीया दुर्गा साउँद र डोटीको जोरायल गाउँपालिकाका पाँच वर्षीया एलिसा खड्काको उपचारका लागि पद्मा अस्पतालमा पु¥याउँदा मृत्यु भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । दुर्घटनामा जोरायल गाउँपालिकाका जीप चालक रमेश खड्का, आठ वर्षका बालक सुशील साउँद र निर्मला खड्का घाइते भएका छन् । बालकको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि धनगढीको मयामेट्रो अस्पतालमा भर्ना गरिएको छ ।

Featured News

Advertisement