इटहरीका मेयर चौधरीकाे कार्यकक्षमा काँग्रेसले लगायो ताला
बुधबार
२७ ,
श्रावण
२०७८
Tamor Khabar
539
इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीकाे कार्यकक्षमा तालाबन्दी गरिएको छ । इटहरीका मेयर द्धारिकलाल चौधरीले उदण्ड स्वभावमा मानिसलाई कार्यालयमा थुनेको भन्दै नेपाली कांग्रेस इटहरी नगर समितिले मेयर चौधरीको कार्यकक्षमा तालाबन्दी गरेकाे हाे । मेयर सहित उपमेयर लक्ष्मी गौतमको कार्यकक्षमा पनि काँग्रेसले तालाबन्दी गरेको हो ।
नेपाली काँग्रेस इटहरीका सभापति हेमकर्ण पौडेल सहित दर्जनौ कार्यकर्ता साथ इटहरी उपमहानगरपालिका पुगी इटहरी ४ आइतबारेका यामप्रसाद ढकाललाई उद्वार गरि परिवारको जिम्मा लगाउनुका साथै मेयरकाे कार्यकक्षमा तालाबन्दी गरेका थिए । पौडेलका अनुसार कार्यालयमै सेवाग्राहीलाई थुन्नु अनैतिक, अमर्यादित र अव्यवहारिक भएको बताएका छन् ।
Via: https://sancharpati.com








