बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

लालबन्दीबाट गत वर्ष दुई अर्बको तरकारी निकासी



मंगलवार २६ , श्रावण २०७८

 

सर्लाहीको लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले आर्थिक वर्ष २०७७÷०७८ मा रु दुई अर्ब २४ करोड ३४ लाख ३३ हजारको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यावस्थापन समितिले विसं २०७७ साउन १ देखि विसं २०७८ को असारमसान्तसम्ममा रु तीन करोड ९० लाख ७६ हजार ९६१ किलो तरकारी निकासी गर्दा रु दुई अर्ब २४ करोड ३४ लाख ३३ हजारको रकम सङ्कलन गरेको हो । साथै आव २०७७÷०७८ को अन्तिम महिना असारमा २९ लाख ५६ हजार २०० किलो तरकारी निकासी गर्दा रु नौ करोड एक लाख ४० हजार ४५० बराबरको तरकारी निकासी गरिएको बजार व्यवस्थापन समितिका व्यावस्थापक शम्भु घिमिरेले जानकारी दिनुभयो । जिल्लाको लालबन्दी, हरिवन, हरिपुर र ईश्वरपुर नगरपालिका क्षेत्रमा किसानले उत्पादन गरेका टमाटर, परबर, बोडी, सिमी, भाण्टा, करेलालगायतका तरकारी लालबन्दीको तरकारी बजारमा आउने गरेको छ । देशका सिन्धुली, रामेछाप, काठमाडौँ, पोखरा, बुटवल, भैरहवा, नारायणगढ, नेपालगञ्ज, हेटौँडा, वीरगञ्ज, गौर, जनकपुर, सिरहा, विराटनगर, इटहरीका साथै छिमेकी देश भारतको सोनवर्षा तथा सितामाडीलगायतका स्थानमा लालबन्दीबाट तरकारी निकासी हुने गरेको छ । त्यसमध्ये टमाटर ५० प्रतिशत, पर्वल २५ प्रतिशत, बोडी १० प्रतिशत, सिमी १० प्रतिशत र अन्य तरकारी पाँच प्रतिशत गरी कूल रु तीन करोड ९० लाख ७६ हजार ९६१ किलो तरकारी लालबन्दीबाट निकासी भएको छ ।

Featured News

Advertisement