बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

एक किलो चरेशसहित भारतीय नागरिक पक्राउ



सोमबार २५ , श्रावण २०७८

जिल्ला प्रहरी कार्यालय जाजरकोटले एक किलो चरेशसहित एक नेपाली र एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । भे १ ज ९०७ नम्बरको बोलेरो जीपमा चरेश ल्याइएको जानकारीका आधारमा प्रहरीले खानतलासी गर्दा ३१ वर्षीय भारतीय नागरिक मुस्ताविन अहमद र अर्का बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–११ बस्ने उबेद खानलाई आज भेरी नगरपालिका–४ बाट प्रक्राउ गरिएको हो । भारतीय नागरिक अहमदलाई झोलामा लुकाइ राखेको एक किलो चरेश र उनको साथबाट रु ४५ हजार ५०० भारतीय रुपैयाँ र स्क्रिन टच मोबाइल एक थान, आधार कार्ड तथा नेपाली नागरिक उबेद खानको साथबाट नेपाली रुपैयाँ पाँच हजार भेटिएको प्रहरीले जनाएको छ ।

Featured News

Advertisement