बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

कार्यालय समयमा उपरखुट्टी लाएर कर्मचारी मस्त निद्रामा



आईतवार २४ , श्रावण २०७८

जनकपुरधाम : हिजो शनिबार धनुषाका एक मेयरले कार्यकक्षमै कार्यालय सहयोगीलाई खुट्टा मालिस गराएको घटना भाइरल भएका बेला आज पुनः एक फोटोले चर्चा पाएको छ। 

सरकारी कार्यालयका कर्मचारी कार्यालय समयमै अफिसमै टेबुलमा खुट्टा राखेर घुम्ने मेचमा मस्त निदाइएको फोटोले अहिले सामाजिक सञ्जाल तातेको छ। 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमातहत सडक विभाग हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनुषामा सञ्चारकर्मी पुग्दा एक कर्मचारी मस्त निद्रामा भेटिए। सोधपुछ तथा मुआब्जा शाखाका योगेन्द्र यादव कार्यालय समयमै निदाएका थिए। 

कुर्सीमा बसी टेबुलमाथि दुवै खुट्टा राखेर मस्त सुतिरहेका थिए। कार्यालयमा को आयो, को गयो उनलाई केही थाहा थिएन। सिलिङमा पंखा घुमिरहेको थियो।

त्यसैगरी कार्यालयका अन्य कोठा पनि खाली नै थिए। कार्यालयका धेरैजसो कोठामा पंखा घुमिरहेका थिए भने अन्य सामग्री यत्रतत्र छरिएका थिए। 

सञ्चा्रकर्मीले कार्यालयका सूचना अधिकारी इन्जिनियर बेचन कुमार भण्डारीको मोबाइल नम्बरमा फोन गरे। फोन उनका सालाले उठाएर 'भिनाजु अहिले हुनुहुन्न, बाहिर जानुभा'छ' भन्ने जवाफ दिए। भण्डारी पनि अफिसमा थिएनन्। 

असार मसान्त सकेर साउनको दोश्रो सातादेखि भौतिक पूर्वाधार निर्माणसम्बन्धी कार्य गर्ने सरकारी कार्यालय हाल सुनसान देखिने गर्छन्। कर्मचारीहरू पनि अनुपस्थित थिए।

Via : thahakhabar

 

 

Featured News

Advertisement