बुधबार १६, बैशाख २०८३ Wed,29 Apr 2026

सर्वाधिकार सुरक्षित

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई



शनिबार २३ , श्रावण २०७८

गायन रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले जितेका छन्। शनिबार भएको फाइनलमा अन्य तीन प्रतिश्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रक्षा गरेका हुन्।

ब्लाइन्ड अडिसनमा ‘देखेर तिमीलाई’ बोलको गीत गाएर कोच प्रमोद रोजेका उनले त्यसपछि पछाडि फर्कनु परेन।

अमेरिकाबाट भ्वाइसके लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् ।
‘भ्वाइस अफ नेपाल’मा सहभागी हुनुपूर्व उनले कर्णराज कार्कीसँग तालिम लिएका थिए।

झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए। किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमासमेत स्वर दिइसकेका छन्। उनले यसअघि इमेज एफएम, कालिका एफएमलगायत चर्चित अवार्डहरू हात पारिसकेका थिए। तेस्रो संस्करणको फाइनलमा टिम प्रमोदबाट किरण गजमेर, टिम दिपबाट आर्यन तामाङ, टिम तृष्णाबाट ज्वाला राई र टिम राजुबाट तारा श्रीष मगरले फाइनलमा प्रतिश्पर्धा गरेका थिए।

Featured News

Advertisement