मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

प्रदेश १ को बजेट ४० अर्ब ८९ करोड



बिहीबार २३ , पुष २०७७

प्रदेश १ सरकारले कृषि, रोजगार र स्वास्थ्यलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङवोले आगामी आर्थिक वर्ष २०७७।७८ का लागि सोमबार प्रदेशसभामा ४० अर्ब ८९ करोड ९९ लाख ४७ हजारको बजेट प्रस्तुत गरेका हुन्।

यो वर्ष अघिल्लो आर्थिक वर्षको भन्दा करिब २ अर्ब बजेट कम आएको छ। अघिल्लो आर्थिक वर्ष प्रदेश १ सरकारले ४२ अर्ब २० करोड चार लाख १२ हजार बजेट विनियोजन गरेको थियो। मन्त्री आङ्बोले सोमबार प्रदेशसभामा पेश गरेको बजेटमा १८ अर्ब ९३ करोड ४९ लाख ९३ हजार ४६ दशमलव २९ प्रतिशत चालूतर्फ र पूँजीगततर्फ २१ अर्ब ९२ करोड ५० लाख ४ हजार अर्थात् ५३ दशमलव ७१ प्रतिशत छ। 

वित्तिय व्यवस्थापनतर्फ भने ४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। यस्तै अन्तर सरकारी वित्त हस्तान्तरणका लागि रु। २ अर्ब ८८ करोड ८२ लाख ४५ हजार विनियोजन गरिएको छ।

उक्त बजेट आन्तरिक स्रोतबाट ४ अर्ब ७५ करोड ७ लाख ४७ हजार, राजस्व बाँडफाँडबाट १० अर्ब ३ करोड ५४ लाख, अनुदानबाट १५ अर्ब ११ करोड ३८ लाख र चालू आर्थिक वर्षको नगद मौज्दात ६ अर्ब रहने पूर्वानुमान प्रदेश सरकारको छ।

आगामी बजेटको लागि संघीय सरकारबाट प्राप्त हुने स्रोत मात्र संकुचन भएको छैन चालू आर्थिक वर्षमा प्रदेशको राजस्व संकलन पनि प्रभावित भएको छ। प्रदेश सरकारले ३ अर्ब ८६ करोडको आन्तरिक राजस्व उठ्ने अनुमान गरेकोमा त्यो सवा अर्बमा खुम्चिएको छ।

Featured News

Advertisement