बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

मकवानपुरमा १२७ किलो गाँजासहित तीन पक्राउ



बुधबार २० , श्रावण २०७८
RSS १२७ किलो गाँजासहित तीन पक्राउ मकवानपुरमा १२७ किलो गाँजा बोकेको ट्रकसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दुई भारतीय र एक नेपाली नागरिक छन् । आज बिहान मनहरी गाउँपालिका–८ सिमपानीस्थित पूर्व–पश्चिम लोकमार्गबाट भारत वैशालीका ३८ वर्षीय रामराज सहनी, भारत समस्तीपुरका १८ वर्षीय राहुलकुमार सहनी र वीरगञ्ज महानगरपालिका–९ चुर्नीका ३० वर्षीय रियाजुल अन्सारीलाई उक्त परिणामको गाँजासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले उक्त सडकखण्डमा वीआरइ २८३९ नम्बरको भारतीय ट्रकमा लुकाइछिपाइ ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि() उनीहरुलाई नियन्त्रणमा लिएको जिप्रकाका प्रहरी निरीक्षक देवेन्द्र दासले बताउनुभयो ।/p>

Featured News

Advertisement