बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

पत्रकारका लागि अभिमुखीकरण तालिम आज पोखरामा सम्पन्न



मंगलवार १९ , श्रावण २०७८

नेपाल पत्रकार महासङ्घ कास्कीद्वारा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण उत्तरदायी पत्रकारिता विषयक अभिमुखीकरण तालिम आज पोखरामा सम्पन्न भएको छ । केयर नेपालको सहकार्य एवं पत्रकार महासङ्घ कास्कीद्वारा भर्जुअलरूपमा आयोजित लैङ्गिक समानता र सामाजिक समावेशीकरणको विषयलाई पत्रकारिताको क्षेत्रबाट उठान गर्नुअघि अपनाउनुपर्ने सचेतनाबारे जानकारी गराउने तालिमको लक्ष्य रहेको छ । नेपाल पत्रकार महासङ्घका केन्द्रीय कार्यवाहक अध्यक्ष रमेश विष्टले पत्रकार महासङ्घ कास्कीले कोरोनाको समयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउँदै पत्रकारलाई विषयगत अध्ययनमा टोवा पु¥याउने उद्देश्यले आयोजित तालिमबाट समाचार सम्प्रेषणमा सञ्चारकर्मीलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष नारायण शर्माले लैङ्गिक समानता विषयमा नीतिगत अवधारणा ल्याउनुपर्नेमा जोड दिँदै जातीय, वर्गीय, सामाजिक अवस्थालाई ख्याल गर्दै निर्भिक पत्रकारिताले सामाजिक समावेशीलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा पत्रकार प्रकाश लामिछानेले नेपाली पत्रकारितामा समयसँगै क्रमिक सुधार आएको बताउँदै २०६२/०६३ पछिको राजनीतिक परिवर्तनसँगै समाजले पनि परिवर्तनको अपेक्षा गरेको बताउनुभयो । नेपाली पत्रकारिताको क्षेत्रमा पनि महिलाको सहभागिता कम भएको तथ्याङ्क प्रस्तुत गर्दै उहाँले नेपाल पत्रकार महासङ्घका १२९ शाखामा जम्मा १३ हजार ७६ पत्रकारमध्ये दुई हजार ४०२ मात्र पत्रकार महिला रहेको जानकारी दिनुभयो । कार्यक्रममा केयर नेपालका सुजना सिंहले लैङ्गिकताको अवधारणालाई पुरुष र महिलामा मात्र सीमित नराखी समानताका विविधतामा सञ्चार क्षेत्रले विशेष ख्याल राख्नुपर्नेमा जोड दिनुभयो । अभिमुखीकरण तालिममा केयर नेपालकी मनोरमा सुनुवारले स्रोतमा असमान पहुँच, सहभागिता, अवसरबाट वञ्चितीकरणमा परेका समाजका लैङ्गिक, जाति, भाषिक, धार्मिक, शारीरिक अपाङ्गतालगायतका विभिन्न विषयमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष विमला भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा महिला उपाध्यक्ष जमुना शर्मा, सहसचिव श्रीराम सिग्देललगायतले पत्रकारिता क्षेत्रको विकासमा तालिमको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

Featured News

Advertisement