बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

दार्चुला घटनाबारे यथार्थ विवरण सार्वजनिक गर्नुपर्ने माग



शनिबार १६ , श्रावण २०७८

दार्चुलास्थित महाकाली नदीमा जयसिंह धामी बेपत्ता भएको घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरिएको छ । अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), अखिल नेपाल किसान युनियन र अखिल नेपाल प्रगतिशील किसान संघले आज संयुक्त रुपमा विज्ञप्ति जारी गरी उक्त घटनाका बारेमा यथार्थ विवरण सार्वजनिक गर्न माग गरेको हो । शुक्रबार महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिका–२ का धामी नदीमा बगेका थिए । तुइनमा महाकाली तरिरहेको बेला भारतीय सशस्त्र सीमा सुरक्षा बल एसएसबीले तुइन काट्दा उक्त घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनामा संलग्न भारतीय एसएसबी जवानलाई कारवाहीको दायरामा ल्याउन सरकारले ठोस पहल गर्नुपर्ने माग विज्ञप्तिमा गरिएको छ । विज्ञप्तिमा भनिएको छ, “उखु किसानसँग पटक–पटक सम्झौता गरेर पनि वर्षौँदेखि करोडौँ बक्यौता रकम किसानलाई नदिने, झुलाउने र अलपत्र पार्ने जुन जालझेल राज्यले गर्दै आएको छ त्यसको जोडदार विरोध गर्दै सर्लाही, रौतहट र नवलपरासीका उखु किसानको वर्षौँदेखिको बक्यौता हर्जाना र ब्याजसहित सम्पूर्ण रकम असुलउपर गरियोस् ।”

Featured News

Advertisement