बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै



बुधबार १३ , श्रावण २०७८

हरिनास गाउँपालिकाले ज्येष्ठ नागरिकको वृद्धभत्ता घरदैलोमै पुगेर वितरण गरेको छ । दूरदराजमा रहेको उक्त गाउँपालिकाबाट वृद्धभत्ता लिन सदरमुकामको बैंकमा जानुपर्दा ज्येष्ठ नागरिकले सास्ती खेप्दैआएका थिए ।गाउँपालिका–१ खैरेकोट गाउँमा पुगेर गाउँपालिकाका अध्यक्ष खिमनारायण मानन्धरले वृद्धवृद्धालाई भत्ता वितरण गर्दै भन्नुभयो, “स्थानीय सरकार जनताको सबैभन्दा नजिकको सरकार भएकाले जनाताको चाहानाअनुसार सुविधा हुनेगरी काम गर्नुपर्छ ।” वृद्धभत्ता लिनका लागि जिल्ला सदरमुकास्थित बैंकमा जाँदा आफूहरुले धेरै दुःख पाएको गुनासो वृद्धवृद्धाले गरेकाले घरमै पुगेर भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले जनतासँग अध्यक्ष कार्यक्रमसमेत सञ्चालन गरी गाउँगाउँमा पुगेर जनताको गुनासो सुन्नुका साथै समस्यासमेत समाधान गर्दै आएको अध्यक्ष मानन्धरले बताउनुभयो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पर्शुराम उपाध्यायले वर्षाका बेला जिल्ला सदरमुकामसम्म जाँदा समस्या हुने भएकोले कुमारी बैंकसँग समन्वय गरेर गाउँघरमै वृद्धभत्ता वितरण गर्ने व्यवस्था मिलाइएको समाजिक सुरक्षा भत्ताका लागि परिचयपत्रसमेत गाउँघरमै पुगेर नवीकरण गरिएको उहाले जानकारी दिनुभयो ।

Featured News

Advertisement