गण्डकी र लुम्बिनी प्रदेशमा प्रमुख नियुक्त
मंगलवार
१२ ,
श्रावण
२०७८
Tamor Khabar
312
राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी प्रदेश प्रमुखमा पुथ्वीमान गुरुङ र लुम्बिनी प्रदेश प्रमुखमा अमिक शेरचनलाई नियुक्त गर्नुभएको छ ।
नेपालको संविधानको धारा १६३ को उपधारा १२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उहाँहरूलाई राष्ट्रपतिले प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
मन्त्रिपरिषद्को आजैको बैठकले लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादव र गण्डकी प्रदेशका प्रमुख सीताकुमारी पौडेलाई पदमुक्त गरी गुरुङ र शेरचनलाई
नियुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । सोही सिफारिसका आधारमा उहाँहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।








