बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

महाकालीको झोलुङ्गे पुल मर्मत शुरु



मंगलवार १२ , श्रावण २०७८

दोधारा चाँदनी नगरपालिकाले महाकाली नदीको दोधारा–चाँदनी जोड्ने झोलुङ्गे पुल मर्मत शुरु गरेको छ । दैनिक छ घण्टा सवारी साधन सञ्चालन रोकेर मर्मत थालिएको नगरपालिकाका प्रवक्ता दिलबहादुर सिजालीले बताउनुभयो । नगर प्रवक्ता सिजालीले भन्नुभयो, “पुल मर्मत शुरु भएको छ, काम सकिएपछि मात्र पुनः सञ्चालन हुनेछ ।” बिहान ६ बजेदेखि ९ बजेसम्म र १२ बजेदेखि ३ बजेसम्म पुलमा आवतजावत बन्द गरिएको छ । आगामी दुई÷तीन दिनमा काम सकिने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

Featured News

Advertisement