सत्ताइस किलो गाँजासहित एक पक्राउ
मंगलवार
१२ ,
श्रावण
२०७८
Tamor Khabar
246
पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ बाट २७ किलोग्राम लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कर्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापाको नेतृत्वको टोलीले गाउँपालिका–४ भतौडा निवासी वासुदेव माझीलाई लागुऔषध गाँजासहित पक्राउ गरिएको हो । पक्राउ परेका माझीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखी थप अनुसन्धान भइरहेको पर्साका प्रवक्ता ओमप्रकाश खनालले बताउनुभयो ।








