बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

हराएका बालबालिकाको उद्धार



सोमबार ११ , श्रावण २०७८

बाँकेको कोहलपुरबाट छ महिनाअघि हराएका तीन बालबालिकालाई भारतको बरेलीस्थित एक बालगृहबाट उद्धार गरिएको छ । कोहलपुर नगरपालिका–४ निवासी ११ वर्षीय रोशन बादी, उनका भाइ सात वर्षीय विशाल र पाँच वर्षीया पूजा बादीलाई उद्धार गरी रुपन्देही हुँदै कोहलपुर ल्याइएको छ । बरेलीस्थित नारी निकेतन अनाथाश्रममा रहेका उनीहरुलाई रुपन्देहीस्थित ‘मानवकल्याण मित्र मञ्च’ नामक संस्थाका समन्वयमा उद्धार गरेर ल्याइएको र आजै परिवारको जिम्मा लगाइने वडाध्यक्ष तीर्थराम थारुले जानकारी दिनुभयो । उनीहरुसँगै बैतडी र दाङका एकएक बालक पनि सोही बालगृहमा भेटिएको बताइएको छ । हराएका तीन बालबालिका नेपालगञ्जस्थित जमुनाह नाका हुँदै रुपैडिया हुँदै भारतीय ट्रकमा बरेली पुगेका थिए । बरेली पुग्नुभन्दा दुईतीन किलोमिटर वरै ट्रकले झारिदिएकाले अलपत्र अवस्थामा सडकमा हिँडिरहेका उनीहरुलाई भारतीय प्रहरीले उद्धार गरेर मञ्चको जिम्मा लगाएको थियो ।साथीहरुको लहलहैमा घर छाडेर जोखिमपूर्ण यात्रा गर्दै भारत पुगेका बालबालिका त्यहाँका विभिन्न शहरमा अलपत्र पर्ने गरेको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले बताउनुभयो ।

Featured News

Advertisement