बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

स्रोत नखुलेको ४० लाखसहित एक जना पक्राउ



शनिबार ९ , श्रावण २०७८

स्रोत नखुलेको रु ४० लाखसहित झापा गाउँपालिका–२ बेलाइतिबारीबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलाइतिबारीका ५० वर्षीय गौरी मण्डल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले बताउनुभयो । उहाँका अनुसार भारतबाट नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेका रु ४० लाख ३७ हजार ६७० सहित इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलील उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो । पक्राउ परेका मण्डललाई आवश्यक कारवाहीका लागि आइतबार भद्रपुर भन्सार कार्यालयमा बुझाइने उहाँले जानकारी दिनुभयो ।

Featured News

Advertisement