मंगलवार ८, बैशाख २०८३ Tue,21 Apr 2026

सर्वाधिकार सुरक्षित

बच्चाको पेट दुखेमा के गर्ने ?



मंगलवार २१ , पुष २०७७

पेटको दुखाई करंगको मुनिदेखि यौनाङ्गको माथिल्लो भाग जहि पनि हुन सक्छ। सानो र बुझ्न नसक्ने बच्चाले दुखेको भागमा हातलैजान्छ भने बुझ्ने बच्चाले पेट दुखेको भाग छुट्टयाई दुखेको भाग देखाउन सक्दछ ।

के कारणले पेट दुख्छ ?

पेटको दुखाई (Colic) बच्चा जन्मेको १० दिन देखि ३ महिनासम्म देख्न देखिन्छ। यसको सहि कारण अहिलेसम्म थाहा हुन सकेकोछैन। आन्द्राको द्रुतगति र उग्र संकोचनको कारण बच्चामा दुखाइ पैदा हुन्छ। बच्चामा दुखाई दिउसो र साझतिर बढी देखिन्छ। यस्तोभएको बेला बच्चा धेरै रुन्छ , खुट्टा फ्याकदछ , हावा बढी फ्याक्दछ र आलस्य हुन्छ। यसको समाधानको लागि बच्चालाई थुम्थुमाउनेर बोकेर डुलाउने जस्ता कार्य गर्न सकिन्छ।

  • अपच(Indigestion): धेरै खानेकुरा खानाले वा खाना नपचेमा हल्का पेट दुख्न सक्छ।
  • संक्रमण (Infection):कुनैपनि किटाणुको संक्रमणले पेट काट्न सक्छ। यस्तो भएमा बच्चालाई झाडा बान्ता लाग्न सक्छ।
  • विषाक्त खाना (Food Poisoning ) : फ्रिजमा नराखेको बासी खाना खानाले पेट दुख्नुको साथै झाडाबान्ता लाग्नसक्छ।
  • कब्जियत(Constipation) : कब्जियत भएमा तल्लो पेट दुख्न सक्छ।
  • घाटिको सुजन (Streptococcal pharyngitis) : घाटीको सुजन भएको बेला पेट दुख्न सक्छ।
  • तनाब (Stress) : बच्चालाई बारम्बार पेट दुखाइ देखिराखेको छ भने त्यो उसको तनावको कारण हुन सक्दछ । त्येसैले बच्चालाई तनावबाट मुक्त राख्नु पर्दछ। घरपरिवारमा दैनिक हुने सामान्य असहज क्रियाकलापले पनि बच्चालाई तनाब पर्नसक्दछ। परिवारमा हुने आपसी असमझदारी, बच्चाको जीवनमा हुने परिबर्तनबाट पनि तनाब उत्पन्न हुन सक्दछ। तनाबकोकारणले हुने पेटको दुखाई प्राय नाइटोमा केन्द्रित हुन्छ।
  • गम्भीर कारणहरु : गम्भीर प्रकारका पेट दुखाइ सल्यक्रिया गर्नुपर्ने रोगहरु हुन सक्छन। गम्भीर प्रकारका पेट दुखाइ पनि आकस्मिक र गैर-आकस्मिक गरि २ प्रकारले बर्गिकरण सकिन्छ। आकस्मिकमा अपेण्डिसाइटिस (Appendicitis ), इनटसससेप्सन (intussusception), अडकिएको हर्निया (obstructed hernia), बटारिएको अण्डकोश(Testicular torsion), आन्तरिक रक्ताश्राब (Internal Bleeding ) आदि पर्दछन जुन जतिसक्दो चाडै अप्रेसन गर्नुपर्दछ भने गैर-आकस्मिकमा पत्थरी, टयूमर, सिस्ट,जुका आदि पर्दछन जुन समय मिलाएर अप्रेसन गर्न सकिन्छ।

पेट दुखेको बिरामीलाई कहिले चिकित्शक कहा देखाउने ?

  • बच्चा सार्हैनै सिकिस्त देखिएको छ भने
  • यदि बच्चाले बिषालु बिरुवा, औषधि, रसायन चलाएको छ भने
  • हिड्न सक्दैन वा हिड्दा शरीर निहुराएर हिड्छ भने
  • दायापट्टी तल्लो भागमा बढी दुखेको छ भने
  • दुखाइ संगै अन्डकोश सुनिएको छ भने
  • कुनै पनि भागमा बढिनै दुखेको छ भने
  • दुखाइ संगै बिरामी बढिने रोइरहेको छ भने
  • दिसा वा बान्तामा रगत देखिएको छ भने
  • बान्ता पहेलो वा हरियो छ भने
  • केहि पहिला कुनै दुर्घटना भएको छ भने
  • २ वर्ष भन्दा मुनिको बच्चा छ भने
  • ज्वरो १०४ भन्दा माथि छ भने
  • महिनावारी भईसकेको र गर्भवतीको लक्षण देखाउछिन भने
  • दुखाई झन् बढ्दै गएको छ भने
  • २ घण्टा सम्म पनि दुखाई कम हुदैन भने
  • २४ घण्टामा दुखाई आउदै जादै गर्छ भने
  • घरमा गर्न सकिने उपचार :
  • पेटमा हावा भरिएर वा बढी खानाको सेवन गरेर हल्का पेट दुख्न सक्छ। यस्तो भएमा पेटबाट हावा निकाल्ने कुराहरु खुवाउन सकिन्छ। यसको लागि बजारमा पाईने राम्रो किसिमको हावा बाहिर निकाल्ने औषधि/पाचक प्रयोग गर्न सकिन्छ।बच्चालाई खान धेरै भएर पेट दुखेको छ भने सौचालय जान प्रोत्साहित गर्नु पर्दछ। पेटबाट दिसा बाहिर निस्किएपछि धेरै नै राहत हुन्छ।
  • बच्चालाई पेट थिचेर केहि बेर सुत्न लगाउदा आराम हुन्छ।
  • पेटको दुखी रहेमा तरल पदार्थ मात्र खान दिनुहोस।
  • बच्चालाई बान्ता गर्न प्रोत्शाहित गर्न सकिन्छ। यसबाट पनि निकै राहत मिल्छ।
  • लामो समय देखि कब्जियतले दुख दिईरहेको छ भने पेट दुखाइको कारणनै पेटमा जम्मा भएको दिसाले गर्दा हुन्छ। त्येसैले सकेसम्म बच्चालाइ दिसा गर्न प्रोत्साहित गर्नु पर्दछ। यसको लागि बच्चालाई सौचालयमा लगेर बसाउन सकिन्छ। बस्दा खेरि दिसा गर्न गाह्रो भएको छ भने बच्चालाई मनतातो पानीमा बस्न लगाउनु पर्दछ। यसरी पानीमा बस्दा मलद्वारलाई आराम पुग्दछ र दिसा बाहीर सजिलै निस्कन्छ।
  • खानपानमा बिशेष ध्यान दिनु पर्दछ। बजारमा पाईने रेडिमेड प्याकेटको खाना (Junk Food) बच्चालाई खान दिनु हुदैन।यसमा प्रयोग हुने रशायनले पेटको अल्सर भएको पाईएको छ।
  • पेट दुखेको बेला बच्चाले बान्ता गर्न सक्ने हुनाले बांताको लागि तयार भएर बस्नु पर्दछ।
  • कुनै पनि दुखाई कम गर्ने औषधी बच्चालाई दिनु हुदैन। दुखाइ कम गर्ने औषधि (जस्तै :ब्रुफ़ेन)ले पेटको भित्रि भित्ता खिईयाउने भएकोले दुखाई झन् बढी हुन सक्दछ। ज्वरो १०२ भन्दा माथि छ भने सिटामोल चाही दिन सकिन्छ।
  • गम्भीर प्रकारको पेट दुखाई छैन भने यसको समयसीमा २ घण्टा भन्दा बढी हुदैन। २ घण्टा पछि पनि दुखाई कम भएन वा झन्बढ्दै गयो भने गम्भीर कारण छ भन्ने बुझ्नु पर्दछ।

डा सुशील ढुङ्गेल

बरिष्ठ जनरल/बाल रोग शल्यचिकित्शक

Featured News

Advertisement