बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

काँग्रेसको , स्थानीय तहको अधिवेशनको कार्यतालिका पर सारिने



शुक्रबार ८ , श्रावण २०७८

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बस्दै छ। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा शुक्रबार बिहान ९ बजे बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न बैठक बस्न लागेको हो । शुक्रबारको बैठकले क्रियाशील सदस्यता वितरणमा देखिएको विवादको निकास निकाल्ने र तल्लो तहका पार्टी कमिटीको अधिवेशनको मिति सार्ने स्वकीय सचिव देउवाको भनाई छ। 

सहमहामन्त्री  डा.  प्रकाशशरण  महतका अनुसार क्रियाशील  सदस्यता  विवादको निकास तथा अन्य आन्तरिक तयारी पूरा हुन नसकेपछि वडा, नगर र क्षेत्र अधिवेशनको कार्यतालिका परिमार्जन गरिने भएको हो ।

महतले  पार्टीको  केन्द्रीय  महाधिवेशनको  मूल  कार्यतालिकामा असर नगर्ने गरी स्थानीय तहका अधिवेशनको मिति केही पर सारिने बताए ।

काँग्रेसले साउन १२ गतेबाट गाउँपालिका र  नगरपालिकाको  वडास्तरको  अधिवेशन  गर्ने  कार्यतालिका  सार्वजनिक  गरेको  थियो  ।  यसका  साथै  नगरपालिका  र  गाउँपालिकाको  अधिवेशन साउन १६ गते गर्ने निर्णय यसअघि गरिएको थियो ।

पार्टीका  सहमहामन्त्री  महतले  क्रियाशील  सदस्यताको विवरण गाउँ तहसम्म पु-याउनुपर्ने, पार्टीको अधिवेशनका लागि प्रतिनिधि खटाउनुपर्ने लगायतका कारण पनि पूर्वनिर्धारित कार्यतालिकामा अधिवेशन गर्न सम्भव नदेखिएको बताए । तर केन्द्रीय अधिवेशनको कार्यतालिका भने  हेरफेर  नगर्ने उनको भनाइ छ ।

पूर्वनिर्धारित  समयमा  अधिवेशन  गर्नुपर्ने  संवैधानिक  बाध्यताका  कारण  केन्द्रीय  महाधिवेशन  भने  नसर्ने उनले स्पष्ट गरे । पार्टीको केन्द्रीय महाधिवेशन आगामी भदौ १६  देखि  १९  गतेसम्म  काठमाडौँमा  गर्ने काँग्रेसको तयारी छ ।

यद्यपि काँग्रेसमा कोरोनाको जोखिमका कारण देखाएर केही समय महाधिवेशन पर  सार्न  सकिने  विकल्पको खोजी पनि भइरहेको नै छ । नेताहरुले सार्वजनिक रुपमा बोल्दा निर्धारित  समयमै अधिवेशन सम्पन्न गर्ने नै तयारी रहेको बताइएको छन् ।

 

ratopati

Featured News

Advertisement