बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस



शुक्रबार ८ , श्रावण २०७८

 

काठमाडौं उपत्यकामा शुक्रबार बिहान भूकम्पको धक्का महशुस गरिएको छ।

 

बिहान ७ बजेर ५ मिनेटमा भक्तपुरको सल्लाघारी केन्द्रविन्दु बनाएर भूकम्पको गएको हो।  राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार उक्त भूकम्प ३.५ म्याग्नेच्युडको थियो।

यसअघि गत असार २१ गते बिहान ६ बजेर ३२ मिनेटमा पनि काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुस गरिएको थियो। 

 

उक्त भूकम्पको केन्द्र काठमाडौंको कुलेश्वरमा भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको थियो। केन्द्रका अनुसार त्यो भूकम्प ३.२ म्याग्नेच्युडको थियो।

 

 

Featured News

Advertisement