पछिल्लो २४ घण्टामा काेराेनाबाट १६९ जनाको मृत्यु, ८६३६ जनामा संक्रमण पुष्टि
मंगलवार
११ ,
जेष्ठ
२०७८
Tamor Khabar
542
पछिल्लो २४ घण्टामा ८६३६ जनामा संक्रमण पुष्टि भएको छ भने १६९ जनाको मृत्यु भएको छ । देशभरका प्रयोगशालामा २२ हजार ३०६ नमुनाको पीसीआर टेष्ट गर्दा ८३८७ र ६३० एन्टिजेन टेष्ट गर्दा २४९ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै संक्रिय संक्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हालसम्म ५ लाख २८ हजार ८४८ संक्रमित भएका छन् । उनीहरुमध्ये ४ लाख ४८८७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा ६४०४ जना संक्रमणमुक्त भएका हुन् । हालसम्म ६७०० को मृत्यु भएको छ ।








