बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

गोरखामा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु



सोमबार १० , जेष्ठ २०७८

१० जेठ, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–१ माथिल्लो भिरसिङमा माटोको ढिस्कोले पुरिएर दुईजनाको मृत्यु भएको छ ।

जिल्ला समन्वय समिति गोरखाका प्रमुख अशोककुमार गुरुङको घरको कम्पाउण्ड निर्माणमा खटिएका दुई मजदुरको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो ।

पर्खाल निर्माणका लागि जग खन्ने क्रममा सोमबार माटोको ढिस्कोले पुरिँदा ४८ वर्षीय काले गुरुङ र ३५ वर्षीय भिम बहादुर गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरु दुवै सोही ठाउँका स्थानीय हुन् ।

‘घरमा पर्खाल लगाउन भनेर जग खन्दै रहेछन्, त्यहीबेला माथिबाट माटोको ढिस्को खसेर उनीहरुलाई पुरेको रहेछ,’ डीएसपी प्रकाश दाहालले भने, ‘उद्धार गरेर उपचारका लागि जौवारी प्राथमिक स्वास्थ्य केन्द्र लगिएको थियो, तर साँझ करिब सात बजे उनीहरुको मृत्यु भयो ।’ उनीहरुको शव पोष्टमार्टम गर्ने तयारी भइरहेको उनले बताए ।

पर्खाल लगाउने क्रममा माटोले पुरिँदा उनीहरुको मृत्यु भएको गुरुङले पनि बताएका छन् । ‘घर पछाडि बर्खाको भेलले खोलेर खाल्डो बनाएको थियो, त्यहीँ टेवा पर्खाल लगाउन जग खन्ने काम हुँदै थियो, त्यही बेला माथिबाट माटोको ढिस्को खसेर उनीहरुलाइ पुर्‍यो,’ गुरुङले भने ।

Featured News

Advertisement