रुपन्देहीमा पत्रकार चौधरीसहित ५ संक्रमितको मृत्यु
बुधबार
५ ,
जेष्ठ
२०७८
Tamor Khabar
696
रुपन्देहीका एक पत्रकारसहित बुटवलको कोरोना विशेष अस्पतालमा ५ जनाको मृत्यु भएको छ । बिहान ४ बजेदेखि ८ बजेको बीचमा पत्रकार हिक्मत चौधरीसहित ५ जनाको निधन भएको हो । उनीहरुको बुटवल धागो कारखानामा संचालित कोरोना विशेष अस्पतालमा उपचारतका क्रममा मृत्यु भएको हो।
तिलोत्तमा बनबाटीका आइसोलेसनमा उपचार सुरु गरिएका चौधरीलाई पछिल्लो समय कोरोना विशेष अस्पताल लगिएको थियो । १० दिनदेखि उपचाररत चौधरीको भेन्टिलेटरमा राखेर उपचारका क्रममा बुधबार बिहान ३ : १५ बजे निधन भएको अस्तालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।
गौतमका अनुसार बिहान ५ जनाको मृत्यु भएको हो । जसमध्ये रुपन्देहीका ४ जना कोरोना पोजिटिभ बिरामी र एकजना सैनामैनाका पुरुषको कोरोना नेगेटिभ देखिएपनि मृत्यु भएको छ।








