बालिकालाई बलात्कार गरेका अभियोगमा पक्राउ
मंगलवार
४ ,
जेष्ठ
२०७८
Tamor Khabar
400
बालिकालाई बलात्कार गरेका अभियोगमा प्रहरीले भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङबाट ५५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ । आफ्नै गाईगोठमा काम गरिरहेका अवस्थामा आफूलाई बलात्कार गरिएको बालिकाले परिवारलाई भनेपछि परिवारको उजूरीका आधारमा प्रहरीले आज उनलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको प्रहरी परिसर भक्तपुरका निरीक्षक लोकबहादुर जिसीले जानकारी दिनुभयो ।








