कोरोना सङ्क्रमणबाट भक्तपुरमा १० र दाङमा ९ को मृत्यु
सोमबार
३ ,
जेष्ठ
२०७८
Tamor Khabar
251
कोभिड–१९ को सङ्क्रमणका कारण यहाँ आज एकैदिन १० कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णप्रसाद मिजारले आज तिनको मृत्यु भएको जानकारी दिनुभयो । सूर्यविनायकको नेपाली सेनाको इन्द्र बक्स गणले शव संकलन गरेर दाहसंस्कार गरेको छ । दाङमा भने कोरोनाबाट आज नौ जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार घोराही र तुलसीपुरका तीनतीन तथा दंगीशरण, राप्ती गाउँपालिका र लमही नगरपालिकाका एकएक जनाको मृत्यु भएको कोारोना स्रोत व्यत्ति कमल चन्दले बताउनुभयो । वडा सदस्यको निधन तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडा सदस्य केशरलाल चौधरीको निधन भएको छ । उहाँको आइतबार राति १२ बजे निधन भएको हो । उहाँ कमलपित्तबाट ग्रसित हुनुहुन्थ्यो ।








