बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

दाङमा कोरोना संक्रमणबाट पत्रकारको मृत्यु



सोमबार ३ , जेष्ठ २०७८

दाङका कोरोना संक्रमित एक पत्रकारको उपचारका क्रममा भैरहवामा मृत्यु भएको छ ।

दाङको घोराही उपमहानगरपालिका-४ दाङका ३३ वर्षका पत्रकार लक्ष्मण बस्नेतको युनिभर्सल मेडिकल कलेज भैरहवामा सोमबार बिहान १२.४७ बजे मृत्यु भएको हो ।

मेडिकल कलेजका सूचना अधिकारी शुशील गुरुङका अनुसार बस्नेत र उनका ५३ वर्षका बुबा वैशाख २१ गते अस्पतालमा भर्ना भएका थिए ।

उनीहरुको २२ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । दुबैजनाको शुरुमा एचडीयूमा र केही दिनदेखि भेन्टिलेटरमा उपचार भइरहेको थियो ।

पत्रकार बस्नेतका बुबाको जेठ २ गते साँझ ७.५१ बजे मृत्यु भएको सूचना अधिकारी गुरुङले बताए । अस्पताल आउँदा दुईदिन अघिको पीसीआर रिपोर्टमा कोरोना नेगेटिभ भएपनि श्वास प्रश्वासमा समस्या रहेको गुरुङले बताए ।

Featured News

Advertisement