बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

स्वयंसेविकाले गत वर्षको जोखिम भत्ता अझै पाएनन्



शनिबार १ , जेष्ठ २०७८

ठाटीकाँध गाउँपालिकाका स्वयंसेविकाले कोरोना जोखिम भत्ता पाएका छैनन् । कोरोना महामारीको पहिलो लहर शुरु भएसँगै तीनै तहका सरकारले रोकथाम तथा नियन्त्रणका लागि विभिन्न योजना बनाए । यस पालिकाले सामुदायिक तथा प्राथमिक स्वास्थ्य चौकीमा कार्यरत अहेब, अनमी तथा स्वास्थ्य स्वयंसेविकालाई महामारीमा ज्यान जोखिममा राखेर गाउँगाउँमा खटायो । नागरिकको घरदैलोमा पुगेर स्वास्थ्य सामग्री वितरण गरे । यसरी खटिएको एक वर्ष बितिसक्दा पनि उहाँहरुले सरकारले दिने भनेको जोखिम भत्ताबापतको रकम नपाएको गुनासो गरेका छन् । ठाटीकाँध–३ मा रहेको विशाला उपस्वास्थ्य चौकीमा कार्यरत स्वयंसेविका पवित्रा गौतमले गत वर्ष कोरोना महामारीको समयमा गाउँभरि स्वास्थ्य सामग्री वितरणमा खटिए पनि सरकारले दिने भनेको जोखिम भत्ता नपाएको गुनासो गर्नुभयो । “हामीले गाउँपालिकाको निर्णयलाई मानेर आफ्नो ज्यान जोखिममा राख्दै नागरिकको घरदैलोमा पुगी स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन सुझाव दियौँ, स्वास्थ्य सामग्री वितरण ग¥यौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले कहिले भारतबाट आएका व्यक्तिको विवरण ल्याउन भन्यो, कहिले वृद्धवृद्धाको विवरण बनाएर सम्बन्धित वडा कार्यालयमा बुझाउ भन्यो, सबै काम ग¥यौँ, तर आजसम्म कोरोना जोखिम भत्ता पाएका छैनौँ, हाम्रो दुःख गाउँपालिकाले बुझेन ।” गाउँपालिकाले दैनिक रु एक हजार ५०० भत्ता दिने निर्णय गरेको भन्ने कुरा पनि सुनेको उहाँले बताउनुभयो । “अहिलेसम्म कुनै रकम पाएका छैनौँ, वडा कार्यालयमा यस विषयमा कुरा गर्दा गाउँपालिकाको बैठकमा कुरा राखेका छौँ मात्र भन्छन्”, गौतमले भन्नुभयो, “निःशुल्क काम गर भनेका भए गर्ने थियौँ ।” गाउँपालिकाका योजना तथा अनुगमन शाखाप्रमुख मनबहादुर थापाले गाउँपालिकाका सबै स्वयंसेविकाले कोरोना भत्ता नपाएको स्वीकार गर्नुभयो ।

Featured News

Advertisement