बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

स्याङ्जामा अक्सिजन प्लान्ट निर्माण गरिने



शनिबार १ , जेष्ठ २०७८

जिल्लामा अक्सिजन प्लान्ट निर्माण गरिने भएको छ । कोभिड –१९ को परिवर्तित रुपको संक्रमण बढ्दै जाँदा अक्सिजनका अभावमा देशैभर धेरै बिरामीले ज्यान गुमाउन बाध्य भएको घटना सञ्चारमाध्यममा सार्वजनिक भएसँंगै जिल्लामा अक्सिजन प्लान्ट निर्माण गर्नेबारे छलफल गरिएको छ । जिल्ला समन्वय समितिका पहलमा जिल्लाका सबै स्थानीय तहका प्रमुख, जिप्रका, सुरक्षा निकायका साथै सरोकार पक्षको सहभागितामा भएको भर्चुअल छलफलमा सबै पालिकाका प्रमुख प्लान्ट स्थापना गर्न सहमत भएको जिससका प्रमुख एवं जिल्ला समन्वय समिति महासंघका अध्यक्ष सीता सुन्दासले बताउनुभयो ।

Featured News

Advertisement