सुनसरीमा घाइतेको मृत्यु भएपछि लास झारेर एम्बुलेन्स भाग्याे
बुधबार
२९ ,
बैशाख
२०७८
Tamor Khabar
375
बराहक्षेत्रको चतराघाटस्थित सडकमा लास झारेर एम्बुलेन्स भागेको छ । १२ वर्षका गोकुल परियारको लाससँगै उनका दाजुलाईसमेत ओरालेर एम्बुलेन्स भागेको हो ।
मंगलवार विहान खोटाङ्गको चिसापानी को घोर्ले भन्ने स्थानमा मा भएको टेम्पो दुर्घटनामा गम्भिर घाईते परियारलाई उपचारको लागि विराटनगर ल्याइएको थियो । दाजु बमबहादुर परियारका अनुसार घाइतेको मृत्यु भएपछि एम्बुलेन्सले ओरालेको थियो ।
टेम्पो दुर्घटनामा गम्भिर घाईते बनेका ३५ वर्षका चालक जिवन राई र किशोर गोकुललाई लिएर विराटनगर हिंडेको एम्बुलेन्सले मृत्यु भएका परियारलाई बाटैमा ओरालेर घाइते राईलाई मात्र लिएर हिडेका थिए । पछि प्रहरीको समन्वयमा एम्बुलेन्स फर्काएर दुवैलाई चढाइएको थियो ।
Via : Itahari khabar








