बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

मुलुकभर कोरोनाबाट ४,४४४ जना निकाे, १६८ जनाको मृत्यु, ९,३०५ जनामा संक्रमण



बुधबार २९ , बैशाख २०७८

काठमाडौं : पछिल्लो २४ घन्टामा थप ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको छ। पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गराउँदा ९ हजार ३०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिएका छन्।

यस्तै पछिल्लो २४ घन्टामा कोरोनाबाट थप १६८ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मन्त्रालयका अनुसार ४ हजार ४४४ जना कोरोनामुक्त भएका छन्।  हालसम्म १ लाख १ हजार ६३४ सक्रिय संक्रमित रहेका छन्। ५१७ जना क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको  छ।

Featured News

Advertisement