बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

परीक्षण दर बढाउन र संक्रमितको जीवन बचाउनका लागि संयन्त्र परिचालन गर्न सुझाव



मंगलवार २८ , बैशाख २०७८

कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोभिड–१९ नियन्त्रण र प्रतिकार्यका लागि प्रदेश सरकारले गरिरहेका प्रयास र गतिविधिका बारेमा चासो व्यक्त गर्नुभएको छ । प्रदेश प्रमुखसँग प्रदेश प्रमुखको कार्यालयमा आज भएको भेटमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय, स्वास्थ्य सेवा निर्देशनालय, विभिन्न अस्पताल तथा स्थानीय तहसँग सहकार्य गरी महामारी फैलिन नदिने गरी प्रयास गरिरहेको बताउनुभयो । प्रदेश सरकारले कोभिड रोकथामका लागि विनियोजन गरेको कुल बजेटमध्ये आधा अर्थात् रु ५० करोड विकास खर्चबाट रकमान्तर गरी कोभिड कोषमा राख्ने व्यवस्था मिलाएको उहाँको भनाइ थियो । त्यस क्रममा प्रदेश प्रमुख कलौनीले कोभिड–१९ रोकथाम तथा प्रतिकार्यमा प्रदेश सरकारले गरिरहेको काम सन्तोषजनक रहेको बताउँदै परीक्षण दर बढाउन र संक्रमितलाई उपचार गरी जीवन बचाउने विषयमा कुनै कसर बाँकी नराख्नेगरी संयन्त्र परिचालन गर्न सुझाव दिनुभयो ।

Featured News

Advertisement