बिहीबार १७, बैशाख २०८३ Thu,30 Apr 2026

सर्वाधिकार सुरक्षित

कोरोना सङ्क्रमित विपन्नलाई दश हजार उपचार खर्च



मंगलवार २८ , बैशाख २०७८

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाले कोरोना सङ्क्रमित विपन्न व्यक्तिलाई उपचार खर्च वापत दश हजार रुपैयाँ दिने भएको छ । नगरपालिका प्रमुख महेश खरेलले आज सार्वजनिक सूचना जारी गर्दै नयाँ भेरियन्टसहितको कोभिड १९ फैलदै गएकोले कोरोना सङ्क्रमित उपचाररत अति विपन्नलाई वडाको सिफारिस र अस्पतालको कागजातको आधारमा नगरपालिकाले दश हजार रपैयाँ उपलब्ध गराउने निर्णय भएको बताउनुभयो । यसअघि नगरभित्र सञ्चालित चार वटा एम्बुलेन्सले मात्रै कोभिड–१९ का बिरामी बोक्न नसक्ने देखिएपछि सो नगरपालिकाका प्रमुख, उपप्रमुख र प्रशासकीय अधिकृत चढ्ने सुविधाको गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने निर्णय भएको छ ।

Featured News

Advertisement